नेकपाले जनयुद्ध दिवसमा गरेको कार्यक्रममा गएनन् ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एकजना अध्यक्ष केपी शर्मा ओली पार्टीले आयोजना गरेको जनयुद्ध दिवसमा अनुपस्थित भएका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए भने ओली कार्यक्रममा उपस्थित भएनन् ।
यसअघिसम्म प्रधानमन्त्रीको सचिवालयले ओली पनि कार्यक्रममा उपस्थित हुने जनाएको थियो ।जनयुद्धका कट्टर विरोधीका रुपमा चिनिएका ओलीले पछि तत्कालीन माओवादीसँग पार्टी एकता गरेका थिए । अहिले पार्टी कार्यालय धुम्बाराहीमा कार्यक्रम सुरु भएको छ ।