बिस्केट जात्रा नरोक्न सर्वोच्चकाे अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले बिस्केट जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिनसक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी)को बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्न भनेको थियो । सोही निर्देशनविरुद्ध अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले जात्रा नरोक्न अन्तरिम आदेश दिएको हो ।

यता भक्तपुर नगरपालिकाले पनि सभ्य र शान्तिपूर्ण तरिकाले बिस्केट जात्रा सञ्चालन गर्ने निर्णय गरिसकेको थियो । जात्रा चैत्र २८ गतेदेखि सुरु हुँदैछ ।

काेराेना महामारीका कारण गत वर्ष पनि जात्रा भएकाे थिएन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button