एमालेमा प्रवेश गरेका माओवादीका चार मन्त्रीको सांसद पद खारेज

काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार जना मन्त्रीको सांसद पद खारेज भएको छ ।
माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा दल त्यागको सूचना दिएपछि बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बढेर सुनाएका थिए ।
सांसद पद गुमाउनेमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारका मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी रहेका छन् ।
प्रतिनिधि सभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई पार्टीबाट हटाएको जानकारी गराएको थियो ।
उर्जामन्त्री रहेका रायमाझी अर्घाखाँची-१, उद्योगमन्त्री रहेका भट्ट कैलाली-४, शहरी विकासमन्त्री रहेका साह रौतहट-३ र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका चौधरी कैलाली-३ बाट निर्वाचित भएका थिए ।
सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि यी यी चार मन्त्रीहरु एमाले प्रवेश गरेका थिए ।
त्यस्तै माओवादीतर्फबाट राष्ट्रिय सभामा निर्वाचित गृहमन्त्री रामबहादुर थापालाई भने कारबाही गरिएको छैन् ।