लामो समयदेखिको खडेरीका कारण दुई महीनादेखि पानीको हाहाकार

गण्डकी । “लामो समयको खडेरीले पँधेरामा पानी सुकेको छ, दुई महीनादेखि लिफ्टिङ पानीको मेसिनसमेत बिग्रिएपछि दैनिक घरमा अत्यावश्यक पानी कसरी पुर्‍याउने भन्ने चिन्ता छ”, पोखरा महानगरपालिका– ३३ बरमाझथरस्थित सलिना किराना पसलका सञ्चालक नरहरी पौडेलले भनिन् ।

लामो समयदेखिको खडेरीले यतिखेर यहाँका स्थानीयवासी पानीको चरम समस्या झेल्दै आएका छन् ।

स्थानीयवासीको सक्रियतामा सञ्चालनमा ल्याइएको खुर्वादी हुडिकोट लिफ्टिङमार्फत गाउँमा पानी वितरण हुँदै आएकामा दुई महीनायता मेसिनसमेत बिग्रिएपछि दैनिकी सञ्चालनमा नै समस्या आएको हो ।

करीब १३० घरधुरीले उपयोग गर्दै आएको लिफ्टिङ पानी सञ्चालन नहुनुका साथै वरपरका कुवा तथा पँधेरामा पनि पानी सुकेपछि एक गाग्री पानीका लागि घण्टौँ कुनुपर्ने बाध्यता छ । पिउने पानीका साथै गाईबस्तुलाई खुवाउने पानी पनि कसरी जुटाउने भन्ने चिन्ता थपिएको स्थानीयवासीले बताएका छन् ।

पौडेलका अनुसार खुर्वादी हुडिकोट लिफ्टिङ सञ्चालन नहुँदा आसपासका कटुजे, ओख्ले, खुर्वादी, कल्स्याङ्दीलगायतका स्थानमा पुगी यहाँका स्थानीयवासीले गाग्रीमा बोकेर पानी ल्याउने गर्दछन् । ती प्राकृतिक जलाशयमा पनि खडेरीले पानी सुक्दै गएपछि आफूहरू चरम समस्या समस्यामा परेको उनले बताइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button