एमालेसँग एकता गर्दा माओवादीलाई क्षति–१५ सांसद एमाले बने(सूचीसहित)

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पाटी नेकपाको एकतालाई भंग गर्दै सर्वोच्च अदालतले दुई दललाई ब्युताइदिएपछि माओवादी केन्द्रका १५ सांसद नेकपा एमालेमा बसेका छन् ।

पार्टी पूर्ववत् अवस्थामा फर्किपछि पनि नेकपा एमालेलमा बस्ने माओवादी सांसदहरुमा संघीय संसददेखि प्रदेश सांसदहरुसमेत रहेका छन् ।

तत्कालीन नेकपा हुँदा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव कुमार नेपाल समूहमा विभाजित थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उनलाई साथ दिएका माओवादी केन्द्रका केही मन्त्री बनाइएका थिए ।

सर्वोच्चको फैसलापछि पनि उनीहरु माओवादी केन्द्रमा नफर्किएर अध्यक्ष ओलीलाई साथ दिँदै एमालेमा नै बसेका हुन् । माओवादी केन्द्र छोडेर एमाले ओली पक्षमा लाग्ने सांसदहरुमा प्रतिनिधिसभाका ४, राष्ट्रियसभाका २ र प्रदेशसभाका ९ जना गरी जम्मा १५ जना रहेका छन् ।

माओवादी केन्द्रका तर्फबाट सरकारको प्रतिनिधित्व गरेका रामबहादुर थापा बादलले ओलीलाई साथ दिए ।

त्यस्तै सुदूरपश्चिम प्रदेशका माओवादी केन्द्रका प्रभावशाली एवं प्रचण्डका विश्वास पत्र लेखराज भट्ट, तत्कालीन नेकपाका प्रदेश नम्बर दुईका अध्यक्षसमेत रहेका प्रचण्डका विश्वासपात्र प्रभु साह पनि माओवादी छोडेर एमालेमा बसेका हुन् । त्यस्तै गौरीशंकर चौधरीले संसद विघटन गर्ने ओलीको कदमलाई साथ दिएका थिए । उनलाई ओलीेले श्रम मन्त्री बनाए । चौधरीपनि एमालेमै बसे ।

एमालेमै बसेका यी ४ सांसदलाई माओवादी केन्द्रले कारवाही गरेको छ र उनीहरुको सांसद पद पनि गुमेको छ ।त्यस्तै विभिन्न प्रदेशका माओवादी केन्द्रका सांसदहरुपनि एमालेमा लागेका छन् ।

प्रदेश नम्बर १ बाट १ जना, २ बाट ४ जना, लुम्बिनी प्रदेशबाट २ जना, कर्णाली प्रदेशबाट १ जना, सुदूरपश्चिम प्रदेशबाट १ जना प्रदेशसभा सदस्य माओवादी केन्द्र छोडेर एमालेमा लागेका हुन् ।

एमालेसँग २०७५ जेठ ३ गते पार्टी एकता गरेको माओवादी केन्द्रलाई एकता व्युँतदा ठूलो घाटा लागेको छ । वादल, भट्ट, साह जस्ता केन्द्रीय राजनीतिमासमेत प्रभावशाली नेताहरुले एमालेलाई साथ दिएपछि माओवादी समस्यामा परेको छ ।

एमालेमा लागेका प्रतिनिधिसभाका सांसदहरू

१. टोपबहादुर रायमाझी
२. लेखराज भट्ट
३. प्रभु साह
४. गौरीशंकर चौधरी

राष्ट्रियसभाका सांसदहरू

१. रामबहादुर थापा बादल
२. चन्द्रबहादुर खड्का

प्रदेशसभाका सांसदहरू

प्रदेश १ बाट

१. टंक आङ्बुहाङ

प्रदेश २ बाट

१. रामचन्द्र मण्डल
२. ज्वालाकुमारी साह
३. कुन्दनप्रसाद कुशवाह
४. मोहम्मद समिर

लुम्बिनी प्रदेशबाट

१. दधिराम न्यौपाने
२. दिनेश पन्थी

कर्णाली प्रदेशबाट

१. धर्मराज रेग्मी

सुदुरपश्चिम प्रदेशबाट

१ झपट बोहरा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button