सुदुरपश्चिम प्रदेशका ओली निकट २ नेतालाई कारबाही

काठमाडाैं । नेकपा एमालेको खनाल–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीका दुई नेतालाई कारबाहीको घोषणा गरेको छ ।

कारबाहीमा पर्नेमा ओली समूहका सुदुरपश्चिम अध्यक्ष कर्णबहादुर थापा र कञ्चनपुर जिल्ला कमिटी सदस्य राजेन्द्र सिंह रावल रहेका छन् ।

खनाल नेपाल समूहको चैत्र २३ र २४ गते बसेको सुदूरपश्चिम प्रदेश कमिटीको आठौं विस्तारित बैठकबाट उनीहरुलाई कारबाही गर्ने निर्णय गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

निर्णयानुसार थापालाई विभाजन गर्ने कार्यमा संलग्न भएको भन्दै कारबाही गरिएको हो । थापालाइ नवौं महाधिवेशनबाट पारित विधानको धारा ४९ को क को १ देखि ७ र १४ तथा धारा ५० बमोजिम अनुशासनको कारबाही गरी पार्टीका सबैै जिम्मेवारीबाट हटाउनुका साथै पार्टी सदस्यताबाट १ वर्ष निलम्बनका लागि सिफारिस गरिएको नेता भीम रावलले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button