ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारी सूर्य थापाका अनुसार वैशाख ६ गतेका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेकपा एमालेमा पछिल्लो समय चुलिएको विवादलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

पछिल्लो समय अध्यक्ष ओलीले नेता माधवकुमार नेपालसहित उनी पक्षीय ४ नेतालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका छन् ।

यसअघि ओलीले बोलाएको बैठकमा सहभागी नभएको खनाल नेपाल पक्ष यसपटकको बैठकमा सहभागी हुन्छ वा हुँदैन भन्नेलाई निकै चासोका साथ हेरिएको छ ।

ओलीले कारवाही गरेसँगै खनाल नेपाल पक्षले समानान्तर गतिविधी गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button