सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

सुकुटे । सिन्धुपाल्चोकको सुकुटेमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट दोलखाको लागि छुट्टेको बा ३ ख ९६५८ नम्बर को बस र सुकुटेबाट काठमाडौं आउँदै गरेको बा ५९ प ६९८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दोलखाको त्रिपुरासुन्दरी गाउँपालिका घर भएका नारायण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख राजन अधिकारीले जानकारी दिए ।

दुर्घटनामा सोम बहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनलाई काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका लागि रिफर गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button