पौराणिक बगैचा सहलेश फुलवारीमा तिर्थालु भक्तजनहरुको भिड

एस. के. योञ्जन, सिरहा /  नयाँ वर्ष २०७८ को अवसरमा भारत र नेपालका विभिन्न जिल्लाबाट आएका तिर्थालु भक्तजनहरुले सहलेश फुलवारीमा पुजाअर्चना गर्दै नयाँ वर्षलाई भव्यताकासाथ मनाएका छन ।

ऐतिहासिक तथा पौराणिक र सांस्कृतिक बगैचाका नामले चिनिने प्रदेश नं २ को सिराह जिल्ला लाहान नगरपालिका अन्तर्गत रहेको सहलेश फुलवारीमा आज नयाँ वर्षका दिन पुजाअर्चना गर्न विभिन्न जिल्लाबाट आएका तिर्थालु हिन्दु धर्मलम्बीहरुको भिड लागेको छ ।

सहलेश फुलवारीको महत्व एक पौराणिक कथामा आधारित राजा सहलेशसँग जोडिएको छ । हरेक नयाँ वर्षको दिन मात्रै फुल्ने सुनगाभा फुल राजा सहलेशले आफनो प्रेमिका मालिनलाई उपहारको रुपमा प्रदान गरेको हुदाँ सुनगाभा फुल बैशाख १ गते मात्र फुल्ने गर्दछ ।

प्रदेश नं २ सिराहको पर्यटकिय स्थलको रुपमा परिचित भएको यस सलहेश फुलवारीमा हरेक वर्षको बैशाख १ गते भ्रमण गर्नुपर्ने स्थल भएको सहलेश फुलवारी व्यवस्थापनका पदाधिकारीले जानकारी दिएका थिए । कोभिडको महामारीको कारणले गर्दा धेरै भक्तजनहरु वितेको वर्ष र यस वर्ष उपस्थित नभएको फुलवारी व्यवस्थापन समितिले जानाएको छ ।

सिराह जिल्ला प्रशासन कार्यालयबाट सहलेश फुलवारीको मेला आयोजना नगर्नु भनि पटक-पटक सुचना प्रकाशन गरिएको भएतापनि यस दिनको महत्व र अर्थ रहेको दिनलाई स्थानिय र अन्तर्राष्ट्रिय जगतबाट आएका भक्तजनहरुले महामारीको वास्ता नगरी भव्यताको साथ उत्सव मनाएका छन ।

आज बैशाख १ गते सहलेश फुलवारीको मेला र २ गते लहान नगरपालिका भित्र बासवारी मेला र ३ गते पताइर मेला जो सबै हिन्दु धर्मसँग जोडिएकोले सबै भक्तजनहरु यी भिन्द-भिन्दै मेलाहरुमा भम्रणगरी पुजा अर्चना गर्दै  मनोकामना पुरा गर्ने गर्दछन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button