बाँकेमा रातोपाटीन्यूज अनलाईनको प्रदेश ब्यूरो कार्यालयको स्थापना
यमु कडेल, बाँके । मर्सी मिशन मिडिया प्रालिद्वारा सञ्चालित रातोपाटीन्यूज अनलाइन पत्रिकाको लुम्बिनी प्रदेश ब्यूरो कार्यालयको स्थापना भएको छ ।
बाँकेको कोहलपुरमा रहेको कार्यालयको मिडियाका सञ्चालक तथा प्रधान सम्पादक निरोज तोलाङेले कार्यालयको आज देखि औपचारिक रुपमा स्थापना भएको पत्रमार्फत जानकारी दिदैँ लुम्बिनी प्रदेशका जनताको समस्या उठान गर्न रातोपाटीन्यूज अनलाइनले पहल र पैरवी गरोस भन्ने शुभकामना सन्देश दिएका हुन् ।
रातोपाटीन्यूजले बागमति, सुदुरपश्चिम र लुम्बिनी सहित अन्य चार प्रदेशमा ब्यूरो कार्यालयहरु स्थापना गर्ने तयारी गरेको छ ।
रातोपाटीन्यूज अनलाइनका सञ्चालक तथा प्रधान सम्पादक निरोज तोलाङेले प्रदेशका समस्या र तिनका सामाधानबारे अनलाईनमा उच्च प्राथमिकतालाई निरन्तरता दिंदै प्रदेश र स्थानीय सरकारलाई जनसेवाप्रति निरन्तर खबरदारी गर्ने बताए ।
लुम्बिनी प्रदेश समाचार व्यूरो प्रमुख किशोर बहादुर शाहीले रातोपाटीन्यूज अनलाइनले प्रदेश सरकारमा स्थानीय जनताको पहुँचलाई जोड्ने प्रयासको समाचार प्याकेज पनि ल्याउने तयारीमा रहेको जानकारी दिए ।
त्यसैगरी लुम्बिनी प्रदेशका व्यूरो सहप्रमुख यमु कडेलले समाज रुपान्तरणको जिम्मेवारी मिडियाको रहेको भन्दै उनले भने प्रदेशको विकास र समृद्धिका लागि सबैको सहकार्य र सहयोगको आवश्यकता रहेको बताए ।