नयाँ वर्षको मेहफिलमा ‘पल’

काठमाडौं । नयाँ वर्षको पावन अवसरमा गीतकार दीपक बस्नेतको ‘मेहफिल’ नामक क्लासिक गीत बजारमा आएको छ ।
यस गीतमा चर्चिक गजलकार तथा गायक जगदिश समालले स्वर दिएका छन् । यस गीतले सांगीतिक बजार तताएको छ ।
यसमा अमित पल र रिया क्षेत्रीको रोमान्टिक र जीवन्त अभिनय रहेको छ । प्रियजन राइको निर्देशनमा रहेको यस गीतलाई दीपक बस्नेत संगीत भरेका छन् । मर्मस्पर्शी शब्दले भरीपूर्ण छायांकनको परिकल्पना रोबिन दोङले गरेका छन् । कोरियोग्राफी भने दिपक गुरुङको रहेको छ ।
बस्नेतको यस चर्चित गीतले महिलामाथि हुने यौनहिंसा बिरुद्धको सन्देश प्रवाह गरेको छ । शक्तिको आँडमा जोसुकैले नारीमाथि गरेको ज्यादती सह्य नहुने सन्देश दिन खोजेको छ । यस गीतले महिलालाई समाजले जति कमजोर ठानेको छ, त्यस्तो नभई उनीहरु कुनै बीर पुरुष भन्दा कम छैनन भन्ने सामाजिक चेतना प्रवाह गरेको छ ।