नेपालमा एकैदिन थपिए ६ सय बढी कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणका घटना बढ्दै गएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकैदिन नेपालमा कोरोना भाइरसका ६ सय ३ जना संक्रमित थपिएका छन्। यो संख्या पछिल्ला दिनहरुको भन्दा धेरै हो।

आज ४ हजार २ सय ८९ जनाको कोरोना परिक्षण गर्दा ६ सय ३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। बुधबार २४ घन्टामा काठमाडौ उपत्यकमा मात्र २५४ जना संक्रमित थपिएका छन्।

थपिएका संक्रमित मध्ये काठमाडौमा १७३, भत्तपुरमा २० र ललितपुरमा ६१ जना रहेका छन् । त्यसैगरी, आज १३९ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार गत सोमबारदेखि बुधबारसम्म १३०५३ वटा नमुना परीक्षणमा १५३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ४२० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ४०५६ सक्रिय संक्रमित रहेका छन् र तीमध्ये ३५९९ जना होम आइसोलेसनमा छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button