पवित्र धार्मिक यात्रा सहज पार्न धुञ्चे–गोसाइँकुण्ड केबुलकारको प्रक्रिया अगाडि बढ्ने

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बहुचर्चित धुञ्चे–गोसाइँकुण्ड केबुलकार निर्माणको प्रस्ताव छिट्टै निर्णयमा पुग्ने बताएका छन्।

बुधबार रसुवामा उनले भगवान शङ्कर गोसाइँ बाबा विराजमान रहेको पवित्र तीर्थको धार्मिक यात्रा सहज पार्न धुञ्चे–गोसाइँकुण्ड केबुलकार निर्माणका लागि वातावरण विज्ञले तयार पारेको कार्यविधि प्रतिवेदन स्वीकृतका लागि छिट्टै मन्त्रिपरिषदमा लाने तयारी भएको बताए।

समुन्द्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा अवस्थित पौराणिक धार्मिक एवं पर्यटकीयस्थलमा जिन्दगीभर एकपटक भए पनि पुग्नैपर्ने मान्यताअनुरूप भक्तजनलाई यात्रामा सहज पार्न गोसाइँकुण्ड गाउँपालिकाले केबुलकार निर्माणको प्रस्ताव अगाडि सारेको उक्त गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए।

एघार किमी छोटो दूरीको धुञ्चे–गोसाइँकुण्ड केबुलकार निर्माणका लागि गोसाइँकुण्ड गाउँपालिकाले विसं २०७५ देखि प्रक्रिया अगाडि बढाए पनि लाङ्टाङ राष्ट्रिय निकुञ्जको नीतिनियमले अलमल पारिराखेका अवस्थामा वन तथा वातावरण मन्त्रीको स्थलगत अवलोकनले अब पूर्णता पाउनेमा आमनागरिक विश्वस्त भएको स्थानीय बासिन्दाले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button