गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । गण्डकी प्रदेशमा नेपाली कांग्रेससहितका विपक्षी दलले सरकारका विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
आज दिउँसो १ बजेर ३० मिनेट जाँदा कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र जनता समाजवादी पार्टीका संसदसहितको हस्ताक्षर सहित प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरिएको हो।
अविश्वासको प्रस्तावमा २८ जना प्रदेश सभा सदस्यहरुको हस्ताक्षर रहेको छ।
अविश्वासको प्रस्तावको तयारी भएपछि गएराति नै प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको पत्र प्रदेश सभा सचिवालयमा पठाएका थिए।