कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्‍वासको मत लिँदै

कर्णाली, ३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन् । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि शाहीले विश्‍वासको मत लिन लागेका हुन् ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक सीता नेपालीले आज बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गरेकी छन् ।

उनले माओवादी केन्द्र नेतृत्वको सरकारले तीन वर्षदेखि कर्णालीको तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ लागि परेको दाबी गरेकी छन् ।

कर्णालीमा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button