विद्यालयमा संक्रमण देखिए एकहप्ता बन्द गर्न महानगरको निर्देशन(पत्रसहित)

काठमाडौँ । काठमाडौँ महानगरपलिका भित्र रहेको विद्यालयहरुमा कोरोना संक्रमण देखिए विद्यालय बन्द गर्ने महानगरपालिकाले निर्देशन गरेको छ ।
विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, शिक्षक वा अन्य कुनै कर्मचारीमा कोरोना संक्रमण दिए कम्तिमा एक हप्ता विद्यालय बन्द गर्न महानगरले निर्देशन गरेको हो ।
महानगर प्रमुख स्तररीय २ गतेको निर्णय अनुसार विद्यालयमा कोरोना संक्रमण देखिए कम्तिमा एक हप्ता तथा अर्को सुचना नआउँदासम्म बन्द गर्न निर्देशन गरेको छ ।