न्यायाधीश सुवेदी र चुडालमाथिको संसदीय सुनुवाइ आज

काठमाडाैं, ३ वैशाख । सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिस भएका उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र कुमार चुडालमाथि आज संसदीय सुनुवाइ समितिमा छलफल हुँदैछ ।
छलफलका लागि समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको समिति सदस्य पूर्णाकुमारी सुवेदीले जानकारी दिईन् ।
यसअघिको समितिको बैठकमा दुवै जनाविरुद्ध परेको उजुरीमाथि छलफल गर्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो ।
न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरेका सुवेदीविरुद्ध ५ र चुडाल विरुद्ध २ वटा उजुरी परेका छन् ।