कोहलपुरका शैक्षिक संस्था आइतबारबाट बन्द (पत्रसहित)

यमु कडेल, बाँके / कोहलपुरमा आइतबारबाट शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको छ ।

कोहलपुर नगरपालिकाका नगर प्रमुखको संयोजकत्वमा बसेको सर्वपक्षीय बैठकले पछिल्लो समय कोभिड-१९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै संक्रमण उच्च गतिमा बढेपछि कोहलपुर भित्रका सामुदायिक, सस्थांगत विद्यालयहरु आइतबार देखि शुक्रबारसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य मापदण्ड पूरा गरी स्वास्थ्य सामाग्रीहरु माक्स सेनिटाइजरको प्रयोग गर्दै भौतिक दुरी अनिवार्य कायम गरी व्यापार-व्यवसाय संचालन गर्न र बजार अनुगमन पनि गर्ने निर्णय गरिएको कोहलपुर नगर शिक्षा शाखाले जनाएको छ ।

बैठकमा नेपाल शिक्षक महासंघ, सस्थांगत विद्यालयको छाता संगठन क्रीसा लगायत संस्थागत तथा सामुदायिक विद्यालयका पेशागत घटकहरु सहितको उपस्थितिमा शैक्षिक सँस्था बन्द गर्ने सहमति भएको कोहलपुर नगरपालिकाका सुचना अधिकारी हरि बहादुर वलीले जानकारी दिनुभएको छ ।

नगरपालिकाले कोभिड १९ को महामारीको विषम परिस्थितिमा बालबालिकाहरुको पठनपाठनमा बालमैत्री घरायसी वातावरण सृजना गरी पठनपाठनमा सहजीकरण गरिदिन तथा विद्यालयले संचालन गरेको अनलाइन कक्षामा सहयोग गरिदिनुहुन समेत अनुरोध गरेको छ ।

नेपालगन्जमा पनि कोभिड-१९ को संक्रमण उच्च गतिमा बढेको भन्दै शुक्रवारबाट १ साताका लागि विद्यालय बन्द गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button