सर्वदलीय बैठक : एमसीसी पास गरेर अघि बढ्न दलहरुबीच सहमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा एमसीसी अघि बढाउन प्रमुख दलहरुबीच सहमति भएको छ ।

बैठकपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आजको सर्वदलीय बैठकमा एमसीसी पास गरेर अघि बढ्न दलहरुबीच सहमति भएको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी लगायत महत्वपूर्ण विधेयकहरु सभामुखका कारण संसदमा पेश हुन नसकेको भन्दै उपस्थित दलहरुको सुझाव मागेका थिए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी विधेयक पास गरेर अघि बढ्नुपर्ने बताएका थिए । अन्य दलका नेतहरुले पनि एमसीसी लगायतका विधेयक संसदमा रोकिनु दुःखद भएको बताएका थिए ।

संसदमा अड्किएका विधेयककारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर अघि बढ्नुपर्ने आफूहरुले सुझाव दिएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

बैठकमा सहभागी राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले बैठकमा प्रधानमन्त्रीले संसदमा सभामुखले अराजक र अनैतिक काम गरिरहेको आरोप लगाए ।

नेता लोहनीले आफूहरुले कोरोना नियन्त्रणका लागि केही बुँदामा सुझाव दिएको जानकारी गराए ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता बालकृष्ण खाँड, विमलेन्द्र नीधि तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीलगायत नेता सहभागी छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने सहभागी छैनन् । प्रचण्डले सिंहदरवारमा बैठक राख्न सुझाव दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button