उपत्यका सहित ठूला सहरका स्कुल/कलेज वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

काठमाडौं । कोरोना भाइरसका घटना बढेपछि शहरी क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरिएको छ।

आज बसेको कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।

सो सिफारिसबारे मन्त्रिपरिषद्बाट निर्णय भए कार्यान्वयनमा आउने छ।

आज बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गर्ने र अरु ठाउँमा प्रदेश र पालिकाले निर्णय गरेअनुसार हुने निर्णय गरेको बैठकमा सहभागी एकमन्त्रीले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button