आज एकैदिन थपिए कोरोनाका ८ सय ४३ नयाँ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो समय पुनः कोरोना संक्रमित बढ्दै गएका छन। शनिबार मात्र ८४३ जना कोरोना संक्रमित थपिएको अधिकारीहरुले जनाएका छन।

पछिल्लो २४ घण्टामा ६ हजार जनामा कोरोना परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित फेला परेका हुन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरो भाइरस संक्रमित हुनेको संख्या २ लाख ८३ हजार ६५८ जना संक्रमित पुगेको छ जसमध्ये २ लाख ७५ हजार ३८ जना संक्रमित डिस्चार्ज भई सकेका छन्।

त्यसैगरी आज २२६ जना डिस्चार्ज भएका हुन्। गएको २४ घण्टामा मृत्यु हुनेको संख्या ५ जना रहेका छन् भने नेपालमा कोरोनाबाट मृत्युु हुनेको कुल संख्या ३ हजार ७५ जना पुगेको छ। हाल क्वारेन्टाइनमा ७४ जना रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button