माओवादी केन्द्र विना पनि देश चल्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा अ‍ोली सर्वदलीय बैठकमा नआएको प्रति असन्तुष्टि व्यक्त गरेका छन्।

आजको सर्वदलीय बैठक पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले बैठकमा सहभागी नभएका नेकपा माओवादी केन्द्रका सम्बन्धमा भने “उहाँहरुले थाहा पाउनुपर्छ माओवादी केन्द्र विना पनि देश चाहीँ चल्छ।” भन्ने तिखो टिप्पणी गरे।

उनले भने “उहाँहरु किन आउनुभएन । किन यस्तो गैह जिम्मेबार हुनुभयो भन्ने कुरा उहाँहरुले जान्ने कुरा हो । उहाँहरुले थाहा पाउनुपर्छ उहाँहरु नहुदा पनि देश चाहीँ चल्छ।” कर्णाली प्रदेशमा सांसदहरुबाट भएका फ्लोर क्रसका सम्बन्धमा संञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने “संसदीय प्रणालीमा व्हीप उलंघन र फ्लोर क्रस अक्ष्यम्य कुरा हो। क्षम्य हुन सक्क्तैन।”

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता प्रकाशचन्द्र लोहनी, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button