कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै, महाधिवेशनदेखि सत्ता समिकरणसम्मका एजेण्डामा छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठकको छलफल १४औं महाधिवेशन केन्द्रित हुने बताइए पनि सत्ता समिकरणको विषयले पनि प्रार्थमिकता पाउने भएको छ।

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि चैत २७ गतेका लागि डाकिएको बैठक दुई पटक स्थगित भइसकेको छ। २७ गते सभापति शेरबहादुर देउवा निवासमा सरकारको नेतृत्व लिनेबारे तीन दलको बैठक डाकेकाले केन्द्रीय समिति रोकिएको थियो। स्थगित बैठक ३० गतेका लागि तोकिएको थियो। उक्त दिन वरिष्ठ नेता रामचन्द्र पौडेललाई भातृ शोक परेकाले बैठक स्थगित भएको थियो।

पटक पटक स्थगित हुँदै आएको कांग्रेसको १४औं केन्द्रीय महाधिवेशन भदौ ७ देखि १० का लागि तोकिएको छ। यद्यपि केही जिल्लाका क्रियाशिल सदस्य विवाद अझै टुंगिएको छैन। समायोजन विवाद कायमै छ। सिन्धुपाल्चोक कांग्रेस जिल्ला कार्यसमितिले आज विवाद टुंगिने अपेक्षा गरिएको छ ।

त्यसैगरी केन्द्रीय समितिमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सरकार ढाल्ने विषयमा पनि छलफल हुनेछ। यसअघि कांग्रेसले कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता जोगाउन सहयोग गरेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button