खनाल नेपाल समूहले काठमाडौंका दशवटै क्षेत्रमा तोक्यो संयोजक

काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधको व्यवहार देखाएको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह तल्लो तहसम्म समानान्तर कमिटी निर्माण गर्नतिर लागेको छ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) को विवाद आधारभूत तहसम्म पुगेकोबेला समानान्तर कमिटी गठन गर्ने कार्य पनि तल्लो तहसम्मै पुगेको छ ।
यसैबीच खनाल नेपाल समूहले काठमाडौँका दशवटै निर्वाचन क्षेत्रमा संयोजक तोकेको छ । जिल्ला कमिटीको बैठकले क्षेत्रीय संयोजक तोकेको र सम्बन्धित कमिटीले पूर्णता दिनेछ ।
काठमाडौं जिल्ला कमिटीको बैठकले काठमाडौं–१ मा ओमकुमारी श्रेष्ठ, २ मा रुद्र चापागाईं, ३ मा विमल अर्याल, ४ मा ध्रुवराज न्यौपानेलाई संयोजकको जिम्मेवारी दिएको हो ।
यस्तै काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा आरके सेढाईं, ६ मा लक्ष्मण बिडारी, ७ मा सञ्जयराज शर्मा, ८ मा दीपक महर्जन, ९ मा ईश्वर बिडारी र १० मा बटुकृष्ण थापालाई संयोजक तोकिएको छ ।
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त तीन जना मन्त्रीहरुले आज पद तथा गेपनीयताको सपथ लिंदैछन ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार नेकपा एमालेको माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए।
मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएपछि उनीहरुले उपहारको रुपमा मन्त्री पद पाएका हुन्। पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै नेकपा एमालेले तीनैजनालाई कारबाही गरिसकेको छ।
मुख्य मन्त्री शाही मन्त्री नियुक्त गरेका तीनैजनालाई एमालेले पार्टी र प्रदेश सांसद पदबाट हटाएको हो । एमालेले उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।