विप्लव नेतृत्वको अखिल क्रान्तिकारीका अध्यक्ष ढकाल पक्राउ

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको असनबाट उनलाई पक्राउ गरेको हो । ढकाल यसअघि पनि पक्राउ परेर रिहा भएका थिए ।

महाशाखाका एसएसपी सहकुल थापाले ढकालसँगै अन्य तीनजना पनि पक्राउ परेको जानकारी दिए । पक्राउ पर्ने अन्यको परिचय भने खुलाइएको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button