बादलको सांसद पद खारेज, गृहमन्त्रीबाट पनि पदमुक्त

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर एमालेलाई साथ दिदै आएका राष्ट्रिय सभा सदस्य राम बहादुर ‘बादल’ थापा राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका छन् ।

संसद सचिवालयले आइतवार सूचना निकालेर थापाको पद रिक्त भएको जनाएको हो ।

यसअघि नेकपा माओवादी केन्द्रले थापालाई पार्टीबाट निष्कासन गरिएको पत्र सङ्घीय संसद सचिवालयमा पठाएको थियो ।यससंगै थापा गृहमन्त्रीको जिम्मेवारीबाट पनि स्वत पदमुक्त भएका छन् ।

फेरी उनैलाई मन्त्री बनाउन नयाँ नियुक्ती र सपथ गराउनु पर्ने हुन्छ । संसदको सदस्य नभएपछि मन्त्रीपद पनि स्वत रिक्त हुन्छ । सासंद नभएको अवस्थामा उनलाई अब बढीमा ६ महिनाका लागि मन्त्री नियुक्त गर्न सकिने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button