नेकपा माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।

नेता नारायणकाजी श्रेष्ठका अनुसार भोलि बिहान ११ बजे बस्ने गरी पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हाे ।

भोलिको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन नरहेको जानकारी गराउने श्रेष्ठले जानकारी दिए । ‘

श्रेष्ठका अनुसार भोलिको बैठकले केन्द्रीय कमिटीको बैठकको मिति पनि तय गर्नेछ ।

पछिल्लो राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल हुने उनले बताएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button