प्रचण्डद्वारा चिरौलीदेखि एकता स्तम्भसम्म पुग्ने कालोपत्रे सडकको शिलान्यास

डिलकुमारि नेपाल / रिता नेपाल, ५ बैशाख, चितवन । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिरौलीदेखि एकता स्तम्भसम्म पुग्ने कालोपत्रे सडकको शिलान्यास गरेका छन् ।
माडी क्षेत्रबाट प्रतिनिधिसभा सदस्य समेत रहनुभएका प्रचण्डले योङ्ग कम्युनिष्ट लीग नेपालको माडी नगर सभामा सहभागी हुने क्रममा आइतबार सो सडक निर्माणको शिलान्यास गर्नुभएको थियाे।
माडी नगरपालिका–२, चिरौली गाउँमा सम्पन्न संक्षिप्त शिलान्यास कार्यक्रममा प्रदेश साँसद रामलाल महतोसंगै नेकपाका प्रदेश, जिल्ला र स्थानीयस्तरका नेताहरु, माडीका नगरप्रमुख, वडाध्यक्ष र स्थानीयबासीहरुको सहभागिता रहेको थियाे।
संघीय सरकारको ५० प्रतिशत समपुरक अनुदान अन्तरगत २ करोड ३२ लाख र नगरपालिका तथा स्थानीय उपभोक्ताहरुबाट सोही बराबरको लागत एवं जनश्रमदान सहभागितामा सडक कालोपत्रे सुरु भएको थियाे।
लोहनी सिएमआर जे.भी.ले निर्माण ठेक्का पाएको सो सडक माडी न.पा.दुई चिरौलीबाट सुरु भई सिम्रहनी हुँदै माडी–४ सितलपुरस्थित एकता स्तम्भसम्म करीब ५.५ किलोमिटर लम्बाई र ५ मिटर चौडाईको रहने स्टीमेट रहेको छ।