प्रदेश-१ को हिउँदे अधिवेशन अन्त्य

विराटनगर । प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य भएको छ ।
विपक्षी दलहरूले लगातार प्रदेशसभा अवरुद्ध गरिरहेकै बेला सहमति नखोजी प्रदेश सरकारले हिउँदे अधिवेशन अन्त्य गरेको हो ।
प्रदेश सरकार मन्त्रिपरिषदको बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख सोमनाथ प्यासीले आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका छन् ।