गृहमन्त्री रामबहादुर थापाले लिए सपथ

काठमाडौं । माओवादी केन्द्रको सिफारिसमा राष्ट्रियसभा सदस्य र गृहमन्त्रीबाट हटाइएका रामबहादुर थापा फेरि गृहमन्त्री बनेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीको सपथ लिएका छन्।

प्रतिनिधिसभा विघटनपति ओलीको पक्षमा लागेको थापा नेकपा एमालेका केन्द्रीय सदस्य छन्। उनलाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय सदस्य बनाएका थिए।

दल त्याग गरेको भन्दै माओवादीले उनलाई राष्ट्रिय सभा सदस्यबाट हटाउने निर्णय गरेको थियो। ०७४ मा भएको निर्वाचनमा माओवादी केन्द्र बागमती प्रदेशबाट बादल राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए।

उनको सांसद पद रिक्त भएसँगै अब ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्नेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button