माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।

सरकारलाई दिएको समर्थन लगायतका विषयमा निर्णय लिन आज बोलाइएको स्थायी समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिनको १ बजे बोलाइएको बैठक आन्तरिक छलफल गर्नुपरेकाले स्थगित भएको एक नेताले बताए ।

बैठक बस्नुअघि नै राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेसन अन्त्य गरिदिएपछि बैठक स्थगित गरेर माओवादी आन्तरिक छलफलमा जुटेको ती नेताको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button