१९ बर्ष मुनिका ९८ सहित आज एकैदिन थपिए १२८१ संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमितहुनेको संख्या दैनिकरुपमा बढ्दै गएको छ। आज मात्रै १२ सय बढि नयाँ संक्रमित फेला परेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयका अनुसार आज १२ सय ८१ जना संक्रमित थपिएका छन्।
संक्रमितमध्ये १९ बर्षमुनिका ९८ जना छन्। योसंगै कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ।
आज २ सय ५५ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ७५ हजार ५ सय ५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ।