विप्लव समूहमाथि लगाइएका मुद्धा सरकारले फिर्ता लिने

काठमाडौं । सरकारले नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेता कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्ता गर्ने भएको छ।

आजको मन्त्रिपरिषद् बैठकले विप्लव नेकपाका नेता कार्यकर्तामाथिका मुद्धा सहित मधेश आन्दोलन र सिके राउतको आन्दोलनको क्रममा भएका घटनामा दोषी ठहर भएका र मुद्दा चलिरहेका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय गरेको छ।

सुनुवाइका क्रममा रहेका मुद्दा फिर्ता गर्ने, फैसला भइसकेका मुद्दामा सजाय माफी दिने र जरिवाना तिर्नुपर्ने हकमा जरिवानाको रकम सरकारले नै तिर्ने गरी निर्णय भएको बताइएको छ।

३ बुँदे सहमति भइसकेपनि अझै सरकारले विप्लव समूहका नेता कार्यकर्तालाई छाडेको छैन। विप्लव स्वयंम बालुवाटार पुगेर चाँडो नेता कार्यकर्तालाई छाड्न सरकारमाथि दबाब दिँदै आएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button