होटल-रेष्टुरेन्ट साँझ ८ बजेसम्म मात्र खोल्न पाइने

काठमाडौं । सरकारले कोरोना महामारीको दोस्रो लहर फैलिन थालेपछि स्वास्थ्य सुरक्षाका मापदण्ड सार्वजनिक गरेको छ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथामका लागि आदेश जारी गरेको छ, जसमा सार्वजनिक यातायातमा मास्क अनिर्वाय गरिएको छ।
मास्क नलगाउनेलाई यातायातमा चढ्न नदिने देखि १० रुपैंया जरिवाना हुने छ।
लामो दूरीका सवारीले सुरु गन्तव्यबाट अन्तिम गन्तव्यसम्म जाँदा बीच भागका यात्रु हाल्न नपाउने र यात्रुको विवरण जिल्लास्तीय डीसीएमसीमा दिनुपर्ने व्यवस्था गरिएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए । सवारीलाई निसंक्रमण गर्नुपर्ने नियम पनि बनाइएको छ।
यस्तै, होटल तथा रेष्टुरेन्टमा बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खुल्ने र त्यसभन्दा अघि र पछि होम डेलिभरीको व्यवस्था मात्रै उपलब्ध गराउन पाउने निर्णय भएको छ।
राष्ट्रिय राजमार्गमा रहेका होटल तथा रेष्टुरेन्टले भने स्वास्थ्य मापदण्ड अपनाएर सेवा दिन पाउने आदेश भएको छ।