बुद्धको जन्मभूमिबारे सरकारले भारतलाई दियो जवाफ

काठमाडौं । परराष्ट्र मन्त्रालयले गौतम बुद्धको जन्मस्थल विवादको विषय बन्न नसक्ने जनाएको छ ।भारतीय विदेशमन्त्री एस जय शंकरले गौतम बुद्ध भारतीय नागरिक भएको अभिव्यक्ति सार्वजनिक भएसँगै मन्त्रालयले विश्व जगतलाई बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने जानकारी भएका कारण यो विषयमा बहस र विवाद गर्न आवश्यक नभएको बिज्ञप्ति मार्फत जनाएको छ ।

सांस्कृतिक र पुरातात्विक हिसाबमा गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको प्रमाणित भइसकेको र लुम्बिनी युनेस्कोको विश्वसम्पदा सूचीमा समेत परेको पराराष्ट्रले स्मरण गराएको छ ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपालको संसदमा पनि नेपाल बुद्धको भूमि भएको बताएको जनाएको छ ।

शनिबार एक कार्यक्रममा भारतीय विदेश मन्त्री जयशंकरले बुद्ध भारतीय नागरिक भएको बताएका थिए ।

उनको त्यस्तो अभिव्यक्ति आएपछि नेपालमा चर्को आलोचना भइरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपाका कतिपय नेताले उनको भनाइमा आपत्ति जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button