यस्तो छ ओलीले प्रस्तुत गरेको राजनितिक प्रतिवेदन (पुर्णपाठसहित)

पार्टीको सोमबार बसेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले जुनसुकै बेलामा पनि चुनावमा जानुपर्ने हुनसक्ने भएकोले तयार भएर बस्न आग्रह गरेका हुन् ।
आफूहरुले जोखिम मोलेर भएपनि नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गरेको भन्दै उनले आफूहरुले धेरै राम्रो काम गरेको पनि दाबी गरे ।
प्रतिवेदनमा उनले भनेका छन्,‘सरकारमा रहँदा जनता र देशको हितमा अधिकतम परिणाम दिने गरी काम गर्ने, प्रतिरक्षामा रहनु परे तदनुरुपकै प्रभावकारी भूमिका खेल्नेर जुनसुकैपनि बेला निर्वाचनमा जान तयार रहने गरी हाम्रो पार्टी पक्ति क्रियाशील हुनुपर्छ ।