बैशाख महिनाभर शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालय बैशाख महिनाभर बन्द गर्ने र विद्यालय बन्द भएपछि भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

केही समययता कोरोना भाइरस संक्रमितको सख्या बढिरहेको छ । कोरोना भाइरसबाट बालबालिकाहरु संक्रमित हुन थालेपछि स्वास्थ्य मन्त्रालयसहित विभिन्न सरोकारवालाले विद्यालय बन्द गर्नुपर्ने बताउँदै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button