कोरोनाविरुद्धको खोपः आजदेखि कोभिसिल्डको दोस्रो मात्रा दिइँदै (सूचनासहित)

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ ।

पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारलाई दोस्रो डोज खोप दिने क्रम आजदेखि सुरु गर्न लागिएको हो ।

पहिलो चरणमा चार लाख २९ हजार ७०५ जनाले खोप लगाएका थिए । पहिले लगाएकै खोप केन्द्रबाट सेवाग्राहीले आजदेखि देखि ११ गतेसम्म खोप लिन पाउनेछन् ।

दोस्रो डोज कोभिसिल्ड खोप दिइने र त्यसका लागि ७ लाख डोज खोप मौज्दात रहेको खोप विभाग प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।

सबै जिल्लाबाट दिइने खोपका लागि स्थानीय तहले आवश्यकताअनुसार खोप केन्द्र थपघट गर्नसक्ने पनि डा. गौतमले बताए ।

हेर्नुहोस सूचनाः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button