प्रदेश–१ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रतिपक्षी दलहरुले अविश्वासको प्रस्ताव ल्याउने तयारी थालेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादीसहितका विपक्षी दलहरुले राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी थालेका हुन् ।

प्रमुख विपक्षी दल कांग्रेस, विपक्षी दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहितका दलहरुले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी थालेकाे बताइएकाे छ । मुख्यमन्त्री राईविरुद्ध गत पुस १२ मा तत्कालीन नेकपाका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

९३ सदस्सीय संसदमा एमालेसँग सभामुखसहित ५१ सदस्य छन् । कांग्रेससँग २१, माओवादीसँग १५, जसपासँग ३ र संघीय लोकतान्त्रिक मञ्चसँग १ गरी ४० जना सांसद छन् । माओवादीले टंक आङबुहाङलाई सांसद पदबाट हटाएपछि संसदमा ९२ सदस्य छन् । बहुमतका लागि ४६ मत आवश्यक पर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button