कोरोनाविरूद्धकाे दोस्रो खोप आजदेखि सुरु

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो डोज (मात्रा) खोप लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ ।

पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारलाई दोस्रो डोज खोप दिने क्रम आजदेखि सुरु भएको हो ।

पहिलो चरणमा चार लाख २९ हजार ७ सय ५ जनाले खोप लगाएका थिए । पहिले लगाएकै खोप केन्द्रबाट सेवाग्राहीले आजदेखि देखि ११ गतेसम्म खोप लिन पाउनेछन् ।

भारतले उपलब्ध गराएको कोभिशिल्ड खोप नेपाल ल्याएपछि सरकारले गएको माघ र फागुन महिनामा तीन चरणमा खोप अभियान सञ्चालन गरेको थियो । तीनै चरणमा खोप लगाएकाहरुलाई एकैपल्ट दोस्रो मात्रा दिइनेछ ।

खोप लगाएपछि पनि दुरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले हात धुने बानी कायम राख्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । खोप लगाउनका लागि काठमाडौँ उपत्यकामा मात्र १९ भन्दा धेरै केन्द्रहरू तोकिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button