रामसीताको मुर्ती स्थापना गर्न माडीको अयोध्याधाममा व्यापक तयारी

डिलकुमारी नेपाल / ७ बैशाख, चितवन । माडीको अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति स्थापनाको लागि आज मंगलबार काठमाडौंबाट रथसहितको कलश यात्रा सुरु भएको छ।
आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले श्री सीताराम शोभा रथ यात्राको शुरुवात गरेका हुन्। राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति हस्तान्तरण गर्न प्रधानमन्त्री निवास बालुवाटारमा धार्मिक अनुष्ठान आयोजना गरिएको थियो ।
प्रधानमन्त्री ओलीले मूर्तिहरु स्वस्तीवाचनसहित माडि लैजान हस्तान्तरण गर्नुभएको थियाे। बुधबार माडीको अयोध्याधाममा राम ,सीता, लक्ष्मण रहनुमानका मूर्ति स्थापना गरिने क्रार्यक्रम भब्य हुने वडा नम्बर ९ का अध्यक्ष शिवहरि सुवेदिले जानकारी दिनुभयाे।
माडिमा मूर्ति स्थापनाको लागि अयोध्याधाममा राममन्दिर पनि तयार भइसकेको उहांकाे भनाई छ।
काठमाडौंबाट निस्किएको धार्मिक र्यालीसहित सीता-राम, लक्ष्मण र हनुमानका मूर्तिहरुलाई आज देवघाटमा लगेर राखिनेछ । भोलिपल्ट रामनवमीको दिन माडीको अयोध्याधाममा लगेर भव्य कार्यक्रम गरी स्थापना गरिनेछ ।
मूर्ति स्थापना गर्ने दिन झाँकी प्रदर्शन पनि गरिनेछ । रथ यात्रा भरतपुर हुँदै जाने भएकाले विभिन्न स्थानमा स्वागतद्वार पनि राखिएका छन् ।