थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसरा आइतबार ३ सय ८० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा ८ हजार ५ सय १५ जनामा पीसीआर परीक्षण गरिएको उनले जानकारी दिए ।
उनका अनुसार आज ४० जना डिस्चार्ज भएका छन् । आजसम्म १६ हजार ३ सय ५३ जना निको भएर घर गएको उनले जानकारी दिए ।