माधव नेपाललाई ओलीको ५ बुँदे पत्रः दुई दिनभित्र एमालेमा नफर्किए कडा कारवाही

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन् ।

अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई भने ५ बुँदे स्पष्टीकरण सोधेका छन् । ओलीले नेपालमाथि नयाँ राजनीतिक दल खोलेको आरोप लगाएका छन् । ओलीले माधव नेपाल दुई दिनभित्र एमालेमा फर्किने प्रतिबद्धता र प्रमाण नदिए कुनै पनि बखत कारवाही हुने चेतावनी समेत दिएका छन् ।

स्पष्टीकरणमा कर्णाली प्रदेशका प्रदेश सांसदहरुलाई उचालेको, भड्काएको र पार्टी अनुशासनहीन गतिविधि गर्न लगाएको आरोप लगाइएको छ भने । संघ र प्रदेशका गरी ३२ जनालाई मंगलबार छुट्टाछुट्टै पत्र पठाउँदै स्पष्टीकरण सोधेका हुन् ।

नेता नेपाललाई सोधिएको स्पष्टीकरणको प्रदेशसभामा प्रदेशसभाका सदस्यहरुलाई उचाल्दै, भड्काउँदै अनुशासनहीन अराजक एवं पार्टी विरोधी क्रियाकलाप गर्न दुरुत्साहन गर्ने, फ्लोर क्रस गरी पार्टीको ह्वीप उलंघन गर्दै मतदान गर्न निर्देशन दिनेजस्ता कुराहरु उल्लेख गरिएको छ । त्यस्तै अनुशासनहीन र अपराधिक कार्यसमेत गरे गराएकाले तपाईलाई पार्टी वा पार्टीको संसदीय दल परित्याग गरिएतापनि दल त्याग गरेको किन नभन्ने ?’ जस्ता प्रश्न पनि गरिएको छ ।

‘तपाईंलाई यसअघि पनि तपाईंका यस्तै क्रियाकलापहरूलाई लिएर स्पष्टीकरण सोधिएकोमा तपाईंले गल्ती महसुस गर्नुको सट्टा उल्टै मर्यादाहीन, झुठ्ठा र नसच्चिने उद्घोषसहितको उद्दण्ड जवाफ प्रस्तुत गर्नुभएको पृष्ठभूमिसमेत तपाईंलाई स्मरण गराउँदै यस्तै गतिविधिहरू कायम रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारवाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै यस्ता गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन यो स्पष्टीकरण पत्र लेखिएको छ ।’ पत्रमा भनिएको छ ।

कारवाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै यस्ता गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन यो स्पष्टीकरण पत्र लेखिएको छ ।’ पत्रमा भनिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button