कोरोना अपडेट : आज एकैदिन १६ सय बढी संक्रमित थपिए

काठमाडौं । नेपालमा दिनदिनै कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएको पाइएको छ। पछिल्लो २४ घण्टामा १६ सय ६७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमित मध्ये काठमाडौँका ५५० जना (२१२ महिला र ३३८ पुरुष) छन्। त्यसैगरी ललितपुरबम १०५ जना (५१ महिला र ५४ पुरुष) र भक्तपुरमा ३५ जना (१७ महिला १८ पुरुष) संक्रमित छन्।
गत २४ घण्टामा कोभिड १९ बाट ८ जनाको मृत्यु भएको छ भने ७००१ जनाको पीसीआर परीक्षण गरिएको थियो।
हालसम्म मृत्यु हुनेको संख्या ३०९१ पुगेको छ। संक्रमितको कूल संख्या २८५९०० जना छन् जसमध्ये २७५५५५ जना निको भइसके।