कोरोना रोकथामका लागि काठमाडौं उपत्यकाका विद्यालयलाई मापदण्ड जारी

काठमाडौं । कोरोना रोकथामका लागि सरकारले दिएको निर्देशनअनुसार काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयले पालना गर्नुपर्ने नियम जारी गरेको छ ।

कोरोना महामारीको दोस्रो लहरमा नयाँ भेरिएन्ट देखिएसँग बढ्दै गएको संक्रमणको जोखिममा विद्यार्थी परेको भन्दै सरकारले यो वैशाखभर शहरी क्षेत्रका विद्यालय बन्द गर्न भनिसकेको छ । तर जारी परीक्षा तथा कक्षा सुरक्षित उपाय तथा वैकल्पिक माध्यम अपनाएर सञ्चालन गर्न भनिएको छ ।

यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका शिक्षालयलाई वैशाख मसान्तसम्म भौतिक कक्षा बन्द गर्नलगायत अपनाउनुपर्ने अन्य मापदण्डबारे सूचना जारी गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button