राम, सीता, हनुमान र लक्ष्मणको मूर्तिलाई रामधाममा निर्मित मन्दिरमा राखिने

डिलकुमारी नेपाल / ८ बैशाख, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी पठाउनुभएका मूर्तिसहितको शोभायात्रा माडीका लागि प्रस्थान गरेको छ ।
मङ्गलबार साँझ देवघाट आइपुगेको सो शोभायात्रा आज बिहान ८:३० बजे माडीका लागि प्रस्थान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर आत्मानन्द गिरीजी महाराज, देवघाट क्षेत्र विकास समितिका पदाधिकारीसहितको उपस्थितिमा स्वस्ति वाचनसहित शोभायात्रालाई बिदाइ गरिएको छ।
आजै बिहान देवघाट सङ्गमस्थलको पवित्र जलले जलाभिषेकसँगै राम, सीता, हनुमान र लक्ष्मणको मूर्तिलाई देवघाटबाट बिदाइ गरिएको हुन्।
मुर्तीहरु दिउँसो करीब १ बजे माडीको बनकटटा आइपुग्ने र सो स्थानमा स्वागत गरी पर्शुराम कुण्डको जलबाट जलाभिषेक गर्ने कार्यक्रम रहेको थियाे । त्यहाँबाट शोभायात्रा क्रमशः पूर्वी माडीतर्फ लाग्ने र दिउँसो प्रस्तावित अयोध्याक्षेत्र पुगी रामधाममा निर्मित मन्दिरमा राख्ने समेत कार्यक्रम रहेको अयोध्याक्षेत्र व्यवस्थापन समितिले बताएकाे छ।