कोरोना अपडेट : आज एकैदिन थपिए २३ सय बढी कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिएको हो।
आज देशभर थपिएका मध्ये काठमाडौं उपत्यकाका मात्र १०५१ जना छन्।
देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ नजामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
परीक्षण गरिएकामध्ये २५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो। हाल देशभर सक्रिय संक्रमितको संख्या १०,५८२ छ।