तानसेन रेकर्डिङ स्टुडियो आजबाट संचालनमा

यमु कडेल, बाँके । भनिन्छ गीतसंगीतले सम्बन्धलाई जोड्छ, रेकर्डिङको दुनियाँमा नेपालमा सयौं स्टुडियोहरु संचालन भइरहेका छन् । सबै स्टुडियोहरुमा भीडभाडका साथ गीत रेकर्डको कार्य भइरहेको हुन्छ, स्टुडियोमा समय नमिल्ने वातावरण अझै पनि गीतसंगीतकर्मीहरुसँग भइरहेको बेलामा कोहलपुर न.पा वडा न.१० मा आजबाट तानसेन रेकर्डिङ स्टुडियो संचालनमा आएको छ ।

तानसेन रेकर्डिङ स्टुडियोको आज (बुधबार) कोहलपुरमा एक कार्यक्रमका बीच स्टुडियोका प्रबन्ध निर्देशक सरदार अहमद खांनले रिबन काटेर अनौपचारिक रुपमा स्टुडियोको उद्घाटन गरेका हुन् ।

तानसेन रेकर्डिङ स्टुडियोमा गीतसंगीतको लागि गुणस्तरीयतासँगै सेवामा कमी हुन नदिनका लागि व्यवस्थित रुपमा संचालन गरिँदै आएको स्टुडियोका प्रबन्ध निर्देशक सरदार अहमद खानले रातोपाटीन्यूजलाई बताए । उनले भने, ‘गीतसंगीतलाई संगीत संयोजनका साथै स्टुडियोलाई व्यवस्थित, पारदर्शिता र गुणस्तरीयतामा ध्यान दिने कुरामा हामी सदैव तयार छौँ ।’

त्यसैगरी स्टुडियोका म्युजिक एरेन्जर बलु तामाङले मध्यपश्चिम क्षेत्रमा स्टुडियोहरुको एकदमै अभाव भएकोले धेरै जसो गित रेकर्डिङ गर्न काठमाडौ तिर धाउनुपर्ने र काठमाण्डौ जानुपर्दा खर्च धेरै हुने भएकोले सबैलाई सहज होस भन्ने किसिमले यो स्टुडियो निर्माण गरेको बताए । साथै उनले अरु ठाउँ भन्दा सस्तोमा रेकर्डिङ गर्ने भएको हुँदा मध्यपश्चिम क्षेत्रका मानिसहरुले एउटा गित रेकर्डिङ गर्न काठमाण्डौ जाने बाध्यता अन्त्य भएको बताए ।

स्टुडियोमा आधुनिक गित, लोकगित, टप्पा, ख्रीष्टियन, थारु, मैथिली, भजन, देउडा लगायतका गितहरुको रेकर्डिङ हुने बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button