चितवन प्रहरीद्वारा कोरोना भाईरसबारे सचेत गराउदै माक्स वितरण

डिलकुमारी नेपाल / ९ बैशाख, चितवन । काेराेनाकाे संक्रमण दिनानुदिन बढदै गैरहेको बेला अहिले सबै राेडहरुमा प्रहरीहरुले आफ्नो डिउटिसंगै माक्सहरु बितरण गरेका छन्।
आज भरतपुरमहानगरपालिकाभर नै प्रहरीले माक्स नलगाउनेहरुलाई माक्स लगाउन सुझाव सहित प्रहरी आफैले यात्रुलाई बाटोमा रोकि माक्स बितरणको अभियानको थालनी गरेका हुन्।
पहिलाकाे भन्दा अहिले निकै काेराेना बढेका कारण बाटोमा हिड्ने यात्रुलाई अनिवार्य माक्स लगाउन अनुरोध गर्दै माक्स किन्न पैसा नहुनेलाई पैसा दिई किनेर लगाउन साे अभियानमा बिहान देखि नै प्रहरीहरु खटिएका छ्न। हाल मालपाेत चाेकमा माकस नलगाउनेलाई कडाईका साथ सबैलाई माकस लगाउने अभियानमा बिहानै देखि डियुटिमा प्रहरीहरु खटिएका छन् ।
महिला प्रहरी हवलदार रन्जिता पाैडेल भने, ‘उहाँहरु आफै सचेत हुनुपर्ने हाे तर हामीले यसरी भनी रहदा कसैले गाली पनि गर्छन् त कसैले राम्रो कामको सुरुवात गरेकोमा धन्यवाद पनि भन्छन् तर हामीले सबैलाई अनिवार्य माक्स लगाउन सुझाव दिएका छौ’। दुबै तिर खटिएर यसरी माक्स बाँड्न, पाउँदा आफु खुशी रहेकाे प्रहरी पार्वती कुमारी खत्रीकाे भनाई छ।
बिहानमा पैदल यात्री समेत गरी पाँचसय भन्दा धेरैलाई माक्स बाँडेकाे महिला प्रहरी खत्रीले बताए। कोरोनाको संक्रमण उच्च वृद्धि भइरहेको बेला प्रहरीकाे यो अभियानले स्थानियहरु खुशी भएका छन ।