माधव नेपाललाई ओलीको यस्तो सन्देश !

राजधानीको होटल मेरियटमा बुधबार साँझ भएको वार्तालाई निकै चासोका साथ हेरिएको थियो।
सर्वोच्च अदालतमा माधव नेपाल पक्षले मुद्दा दर्ता गरेकै दिन दुई शीर्ष नेताबीच भेटवार्ता भएको थियो। त्यसअघि आजै नेता नेपाल पक्षका योगेश भट्टराईले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग बालुवाटार पुगेर भेटेका थिए।
त्यसक्रममा भट्टराईले ओलीलाई पार्टी अध्यक्ष् भएका कारण अभिभावकीय जिम्मेवारी बहन गर्न आग्रह गरेका थिए। भट्टराईले नेता नेपालसँग छलफल गर्न आग्रह गरेपछि प्रधानमन्त्री ओलीले भट्टराईसँगै हुँदा फोनमा कुराकानी गरेका थिए त्यसपछि छलफलको वातावरण मिलेको थियो।
करिब दुई घन्टाको छलफलपछि दुबै नेता हर्षित मुद्रामा मेरियटबाट बाहिरिएका थिए तर बैठकमा के भयो भन्नेबारे दुबै नेताले मुख खोलेनन्।
सञ्चारकर्मी भएतिर आएका नेता नेपालले आफू नबोल्ने बताउँदै गाडी चडेर बाहिरिएका थिए। उनी पक्षका नेताहरुले दुई नेताबीच वार्ता भएकाले केही निर्णय भए नभएको बारे जानकारी नभएको बताइरहेका छन्।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने गुटगत रुपमा कुनै पनि माग लिएर नआउन आग्रह गरेको वालुवाटार निकट स्रोतको दावी छ।
विनाशर्त पार्टीमा आए कारवाही फुकुवा गर्ने संकेत ओलीले नेता नेपालसमक्ष गरेको स्रोतको दावी छ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई एकता अघिकै अवस्थामा फर्काइदिएपछि एमालेमा समस्या देखिएको छ।